मोरङ र ओखलढुङगामा भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, ०९ : ०१
मोरङ र ओखलढुङगामा भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

बिराटनगर । मोरङ र ओखलढुङगा भएका दुई छुटा छुटै घटनामा परी दुई जनाको मृत्यु भएके छ । मोरङको बेलबारी चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने ओखलढुङगा पानीमा डुबी अर्को एक जनामो मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मोरङ बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको हो । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छप्रहरीले जनाएको छ। 

त्यसैगरी ओखलढुङगाको मोलुङ गाऊपालिका ७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसंग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।