कोरोना अपडेट : थप ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि,  ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १६ : ५५
कोरोना अपडेट : थप ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि,  ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८ हजार ६ सय ६३ जना जना निको भएका छन् ।

२० हजार ८ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ८ हजार ६ सय ६३ जना निको भएका छन् भने थप १ सय १ जनाले ज्यान गुमाएका छन् ।