नेपाल र खनाल समूहभित्र खेल्न यतिसम्म गर्दैछ बालुवाटार

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ११ : १५
नेपाल र खनाल समूहभित्र खेल्न यतिसम्म गर्दैछ बालुवाटार

काठमाडौं । सधै जालझेल मात्रै गर्न जानेका खड्गप्रसाद ओलीले फेरी एकपटक जालझेल गरेरै भएपनि माधवकुमार नेपाल र झलनाथ खनालका पक्षमा रहेका नेता तथा कार्यकर्ता चोर्नका लागि अनेकन तिकडम शुरु गरेका छन् । संकटमा परेपनि फकाएर हुन्छ कि धम्क्याएर हुन्छ कि जसरी पनि आफू अडीरहने सोचका साथ ओली र उनको गुटले यतिबेला नेपाल र खनाल समूहका नेता फकाउन थालेका छन् । उनीहरुको समूहमा रहेका केही नेतालाई जालमा पार्ने, जेठ २ को निर्णय लागू गर्ने भन्नेसम्मको हल्ला चलाएका छन् । 

पछिल्ला दिनमा ओलीले जालझेलका लागि  सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई परिचालन गरेका छन् । नेपाल र खनाल समूहका नेतालाई इन्गेज गरिरहने, नयाँ योजना बनाउन नदिने, सहमपितको पासा फ्याकिरहने सोचमा साथ उनीहरु परिचालित छन् । हुनै नसक्ने एकताको नाम दिएर फेरी पनि संकट टार्ने र जालझेललाई संस्थागत गर्ने ध्येयका साथ ओलीले आफना कारिन्दा परिचालित गरेका छन् ।

नेपाल र खनाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट , योगेश भट्टराईलगायतका नेताहरु पनि ओलीको गुलियोमा किन लट्ठिएका हुन् त्यो भने बुझ्न सकिएको नसकिएको एमालेको विवादका बारेमा जानकार एक नेता बताउँछन् । केही नेतालाई मन्त्री पदको आश्वासन बाँडिएको छ भने केहीलाई पैसाको लोभ देखाइएको छ । ओली समूहका एक उच्च नेताका अनुसार खनाल र नेपाल समूहका केही नेतालाई जे जसरी भएपनि , जे जे भनेर हुन्छ, त्यही त्यही भनेर फकाउने योजनामा लागिएको छ । 

नेपाल र खनाल समूहलाई नेता तथा कार्यकर्ता विहिन बनाएर आफनो स्वार्थ सिद्ध गर्ने योजनामा ओली र उनको गुट हात धेएर लागेको छ । अझै पनि ओलीको गलत कदम र व्यवहारलाई सही मानेर उनकै पछि लाग्ने कि नेपाली जनताको अपेक्षा अनुसारको नयाँ मार्गमा अगाडि बढु्ने भन्ने विषय अब नेपाल र खनाल समूहका लागि सबैभन्दा ग्राह्य विषय बनेको छ । जसरी भएपनि जालझेल कायम राखेर देश, जनता र पार्टीलाई भड्खालोमा हाल्ने ओली ठिक कि अन्य वैकल्पिक शक्ति निर्माण गरेर वृहद कम्युनिस्ट एकतामा लाग्ने भन्ने विषयमा नेपाल र खनाल समूहले तत्काल निर्याय गर्नुपर्ने आवश्यकता देखिएको छ ।  

ओली समूहले व्यक्ति व्यक्ति भेटेर जसरी भएपनि नेता तथा कार्यकर्ता चोर्ने अभियान जारी राखेको भन्दै नेपाल र खनाल समूहले तत्कालै नयाँ पार्टी गठन गर्ने योजना अगाडि सारेको छ । पछिल्ला दिनमा भएका छलफल तथा विचार विमर्शका आधारमा उनीहरुले ओलीको ज्यादती र जनघातका विरुद्ध लड्न एउटा सशक्त पार्टीको जरुरी रहेको र अब एकता टाढाको विषय भएको समेत निष्कर्ष निकालेको छ । तर ओली समूहले योगेश भट्टराई, गोकण विस्टलाई वार्ताको नाममा इन्गेज राखेर अन्य नेता तथा कार्यकर्ता चोर्ने खेल अगाडि बढाएको छ । 

ओली समूहले आफूहरु जेठ २ मा फर्कन तयार रहेको भनेर नयाँ पासमा फालेको छ । त्यसका लागि उनीहरुले सर्वोच्च अदालतमा दर्ता गराइएको रिटमा रहेको नाम फिर्ता लिनुपर्ने र हस्ताक्षर आफूहरुले नगरेको भनेर सार्वजनिक रुपमा आत्मआलोचना गर्नुपर्ने शर्त अगाडि सारेको छ । प्रतिनिधिसभा पुनः स्थापना हुने ओली समूहको निष्कर्ष छ । त्यसो भएको खण्डमा पनि सरकार नछाड्ने , बरु अनेकन षड्यन्त्र नै गरेर भएपनि सरकार टिकाइराख्ने भएन भने पुनः प्रतिनिसभा विघटन गर्ने योजना अगाडि सारिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा उनीहरुले गरेको सेटिङले पनि सोही कुराको संकेत गर्दछ । 

संवैधानिक इजलाशमा रहेका दुई जना न्यायाधीशले फागुन २३ गतेको फैसलाको सहउत्पादनको रुपमा प्रतिनिसभा विघटन भएको भन्दै विवादित फैसला गर्ने न्यायाधीशले समस्या पारेको सार्वजनिक रुपमा नै बताइसकेका छन् । अब यही जेठ २३ गते आइतबार बस्ने संवैधानिक इजलाशमा नयाँ न्यायाधीश तोकिने भएका छन् 

 ओली समूहले अदालतलाई समेत प्रभावमा पारेर आफनो स्वार्थ सिद्ध गर्न लागिपरेको छ । यही सन्दर्भमा ओली समूहले नेपाल र खनाल समूहका केही नेता निकालेर आफनो समूहमा ल्याउने र खनाल र नेपाल समूहलाई नेता तथा कार्यकर्ता बिहिन बनाउने योजना बनाएका छन् । 

ओलीको यस्तो चालबाजीमा कुन कुन नेता कसरी पर्लान वा नपर्लान् त्यो भने आगामी दिनमा नै प्रस्ट हुने देखिन्छ । त्यसो त नेता नेपालले समेत ओलीसँग के के कुरा गर्ने हो, एकाध दिनभित्रै प्रष्ट पार्न गोकर्ण विस्टलाई निर्देशन दिएका छन् । तर, नेपाल समूहका अर्का केही नेताले भने ओलीको षड्यन्त्रमा फस्न नहसने बताइसकेका छन् । यस्तो सन्दर्भमा कारवाहीमा परेका एमालेका नेता तथा कार्यकर्ताले कस्तो रणनीति अख्तियार गर्लान् त्यो भने आगामी दिनमा नै प्रष्ट हुनेछ । 

प्रतिक्रिया दिनुहोस