काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष आज सरकारमा सहभागी हुने सम्भावना प्रबल बनेको छ । जसपाका एक नेताले दिएको जानकारीअनुसार ठाकुर पक्षका केही नेतालाई आज मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ ।
हिजो राति चार घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। त्यसलगत्तै जसपा अध्यक्ष ठाकुर पुनः बालुवाटार पुगि प्रधानमन्त्री ओली लगायतका नेतासँग सत्ता सहकार्यबारे ४ घंटा छलफलगरेपछि आज केही केही नेतालाई मन्त्री बनाउने तयारीमा ओली सरकार जुटेको छ ।
आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिमण्डलमा सहभागी गराउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच यसअघि नै सहमति भइसकेको छ । यस्तै ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा २६ सदस्यसहित बहुमत जुटाएको दाबी निर्वाचन आयोग समक्ष पेश गर्ने तयारी पनि ठाकुर पक्षले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक