निर्वाचन आयोगद्धारा लुम्बिनी प्रदेश उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १६ : ११
निर्वाचन आयोगद्धारा लुम्बिनी प्रदेश उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश

काठमाडौ ।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य लुम्बिनी प्रदेश उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । संविधानको धारा ८६ को उपधारा ३ को खण्ड क तथा राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार भएको निर्वाचनको नतिजा आयोगले बिहीबार राष्ट्रपतिसमक्ष पेश गरेको हो।  

जेठ १७ गते सम्पन्न निर्वाचनबाट काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस