माधव समूहको भेलामा भीम रावलको प्रश्न– एकातिर निष्कासन, अर्कोतर्फ वार्ता कसरी हुनसक्छ ?

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १६ : ०७
माधव समूहको भेलामा भीम रावलको प्रश्न– एकातिर निष्कासन, अर्कोतर्फ वार्ता कसरी हुनसक्छ ?

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टी एकताको लागि केपी ओली पक्षसँगको वार्ताको औचित्य नभएको बताएका छन् ।  

माधव नेपाल समूहले आयोजना गरेको भर्चुअल भेलामा नेता रावलले वार्ताको विश्वसनीयता नभएको बताए । भेलामा उनले प्रश्न गरे, ‘ओली पक्षसँग संवाद, छलफलको वातावरण बनेको छैन, एकातिर पार्टीबाट निष्कासन गर्ने अर्कोतिर वार्ता चलाइरहने कसरी हनुसक्छ ?’ उनले आफू वार्ता विरोधी नभएको बताउँदै भने, ‘पार्टीबाट निष्कासन गरेपछि पनि फेरि वार्तामा बस्दा यसले एकताको रक्षा गर्छ कि भत्काउँछ ? 

ओली पक्षले वार्ता गर्नै चाहेको हो भने पहिला वातावरण बनाएर आउनुपर्ने नेता रावलको भनाइ थियो । वार्तामा बसेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले एकताका लागि इमान्दार प्रयत्न गरेको भन्दै ‘शंका’को दृष्टिले नहेर्न, नलिन आग्रह गरेका छन् । उनीहरुले माधव नेपाललाई जानकारी गराएर नै वार्तामा बसेको बताए । भेलामा नेताद्वय भुसाल र पाण्डेले एकता–प्रयासबारे विभिन्न टिप्पणी भइरहेको भन्दै त्यसको प्रष्टीकरण दिएका थिए । 

नेताद्वय भुसाल र पाण्डेले भने, ‘हामीले माधव कमरेडसँग छलफल गरेर नै, सबैकुरा जानकारी गराएर नै गरेका हौँ । एकता बच्छ भने पहल किन नगर्ने त भन्ने हाम्रो प्रश्न हो ।’


 

प्रतिक्रिया दिनुहोस