काठमाडौं । हिजो सोमबारको मन्त्रीपरिषद्को बैठकले भारतसंग अव सरकार टु सरकार जिटुटीमार्फत मल ल्याउने बाटो खोलिदिएको छ । मन्त्रीपरिषद्को बैठकले ५ वर्षकालागि जिटुटीबाट प्रति वर्ष २ लाख मेट्रिक टन रासायनिक मल ल्याउन पाउन पाउने निर्णय गरेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीकाअनुसार जिटुजीमार्फत ल्याइने मल कृषि सामाग्री कम्पनीले गर्नेछ । जिटुजीमार्फत मल ल्याउदा ग्लोबल टेन्टर भन्दा सस्तो हुनुपर्ने, क्वालिटीको हुनुपर्ने, क्राइसिस भएको बेला पनि आउनेगरि हुनुपर्नेछ । सचिव डा.कार्कीकाअनुसार अव भारतसंगमात्रै नभएर चीन, बंगलादेश, ओमन लगायतको देशसंग पनि जिटुजी गर्न सजिलो हुनेछ ।
‘अहिले पनि हामीसंग मल प्रसस्त छ’, सचिव डा.कार्कीले भने, ‘बन्दले गर्दा वितरणमा केहि समस्या भएपनि हामीसंग प्रसस्त रासायनिक मल भण्डारणमा छ । यो वर्ष मलको समस्या हुदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
रासायनिक मलको कालोबजारी बढ्यो
मलको अभाव हुँदा खेती गर्न समस्या
साढे २५ अर्बको रासायनिक मल आयात
रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड
रासायनिक मल काठमाडौँ ढुवानी