काठमाडौँ । सिरियामा जारी गृहयुद्धका कारण एक दशकमा ५ लाख नागरिक मारिएको पाइएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइटले मंगलबार तथ्यांक सार्वजनिक गर्दै सन् २०११ देखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४ लाख ९४ हजार ४ सय ३८ जनाले ज्यान गुमाएको जनाएको छ ।
यसअघि यो वर्षको मार्चमा निकालिएको प्रतिवेदनमा ३ लाख ८८ हजारको मृत्यु भएको उल्लेख थियो । पुनःतथ्यांक केलाउँदा थप १ लाख ५ हजार १५ जना थपिएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१२को अन्त्यदेखि २०१५को नोभेम्बरसम्म धेरैको ज्यान गएको अब्जर्भेटरीका प्रमुख रमी अब्देल रहमानले एएफपीलाई बताएका छन् । पछिल्लो समयमा मृत्यु पुष्टि भएकाहरुमध्ये ४२ हजारभन्दा बढी सिरियाली नागरिक रहेका छन् । अधिकांस जेलमा दिइने यातनाका कारण ज्यान गुमाएका अब्जर्भेटरीले जनाएको छ ।
सिरियाली सरकारको आक्रमणमा परी १ लाख ५९ हजार ७ सय ७४ जना नागरिकहरुको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । सिरियाली द्वन्द्वमा ६८ हजार ३ सय ९३ जना जियादीहरुले पनि ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२०मा मृत्युको संख्या कम भएको उल्लेख छ । सरकार पक्ष र विरोधी दुवैको ध्यान कोरोना नियन्त्रणमा भएकाले द्वन्द्वका कारण त्यस वर्ष करिब १० हजारजनाले ज्यान गुमाएका थिए । उक्त संख्या द्वन्द्व सुरु भएयताको थोरै हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १८ जेठ २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
इजरायलद्वारा सिरियामा हवाई हमला, १६ जनाको मृत्यु