निषेधाज्ञाको समयमा उद्योगीलाई ५० प्रतिशत घरभाडा छुट

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : २४
निषेधाज्ञाको समयमा उद्योगीलाई ५० प्रतिशत घरभाडा छुट

काठमाडौं । सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस