एकवर्षदेखि रोकिएको बुटबलको सडक बिस्तार सुरु, सडकछेउका घर भत्काउन १५ दिनको म्याद

विहीबार, २२ चैत्र २०७४, १८ : २८
एकवर्षदेखि रोकिएको बुटबलको सडक बिस्तार सुरु, सडकछेउका घर भत्काउन १५ दिनको म्याद

रुपन्देही। एक वर्षदेखि रोकिएको बुटबलको राजमार्ग चौराहदेखी गोलपार्कसम्म सडक बिस्तार सुरु हुने भएको छएक बर्षदेखि ब्यापारीले सडकको बिकल्प खोज्नुपर्ने भन्दै अदालतमा मुद्दा दर्ता गरेपछि सडक बिस्तार कार्य रोकिएको थियो।चारलेन सडकलाई छ लेन बनाउनका लागि  गत बर्षको चैत्र २१ गते ठेक्का स्वीकृत भएको थियो । ४१ करोड ३४ लाखको लगानीमा १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी ठेक्का दिइएपनि  ब्यापारीहरुको अवरोधले निर्माण सुरु हुन सकेको थिएन। मुद्धाको किनारा नलागेपनि  बुटबल बेलहिया सडक बिस्तार आयोजनाले काम सुरु गर्ने जनाएको छ ।

बुटबल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको  ३ किलोमिटर ५मिटर  अब बिस्तार हुने आयोजनाका ईन्जिनियर योगेन्द्र बहादुर  अधिकारीले बताए । अधिकारीका अनुसार सडक छेउका रुख कटान सुरु भैसकेको छ।  

‘आगामी १५ दिन सम्म घर भत्काउन समय दिएका छौं। १५ दिन पछि पनि खाली नभएका घर हामी डोजर लगाएर भत्काउछौ’- उनले भने । चौराहादेखि  गोलपार्क सम्म ३ सय २० वटा घर सडकमा पर्ने भएपनि ति घर मापदण्ड बिपरित बनाएकोले क्षतिपूर्ति नपाउने उनले बताए ।



२०३४ साल असरा २० गतेभन्दा पहिले बनाएका घरले मात्र मुआब्जा पाउने आयोजनाले जनाएको छ। आयोजनाको मापदण्ड अनुसार १३ बटा घरले मात्र मुआब्जा पाउने छन्। अधिकारीका अनुसार  पटक पटक को सूचना अनुसार ४० जनाले आफै घर भत्काएको र बाँकीले अटेर गरेका छन्।   

बेलहियादेखि बुटबलको गोलपार्क सम्म २७ किलोमिटर ७ मिटर सडक निमार्णको काम तिब्र गतिमा भएको छ । अहिलेसम्म ६४ प्रतिशत काम सकिएको अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस