काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गरे ।
देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरे । कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १३ जेठ २०७८, १३ : १२
लेखकबाट थप