काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक-एक जना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय पुरुषको बुधबार राति ७ः१५ बजे, वडा नम्बर २० कै ५५ वर्षीया महिलाको बुधबार राति १२ः४० बजे र वडा नम्बर १८ का ७३ वर्षीया महिलाको बिहीबार बिहान भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।
बर्दियाको बासगँढी नगरपालिका–५ का ७५ वर्षीया महिलाको बुधबार राति ७ः३० बजे र गुलरिया नगरपालिका–५ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । ७५ वर्षीया महिलामा जेठ २ गते र ८० वर्षीय पुरुषमा जेठ १२ गते संक्रमण पुष्टि भएको थियो ।
कैलालीको जानकी गाउँपालिका–९ की ७४ वर्षीया महिलाको बुधबार राति ७ः२० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।
कञ्चनपुरको पुनर्बास नगरपालिका–६ का ४७ वर्षीया महिलाको बिहीबार बिहान २ बजे र दाङको घोराही उपमहानगरपालिका–३ की ५६ वर्षीया महिलाको बिहीबार बिहान २ः४५ बजे नपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । ४७ वर्षीया महिलामा वैशाख १७ गते र ५६ वर्षीया महिलामा जेठ ७ गते संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ जेठ २०७८, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट