रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गरौं : त्रिवि

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, ०९ : ४६
रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गरौं : त्रिवि

काठमाडौं ।  वैकल्पिक विधिमार्फत् भइरहेको कक्षलाई निरन्तरता दिन, बाँकी कक्षा सञ्चालन गर्न र रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट लिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित विभाग तथा क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले आग्रह गरेको छ ।

उपकुलपति धर्मकान्त बास्कोटाले एक विज्ञप्ति जारी गर्दैसम्पर्कमा नभएका विद्यार्थीलाई पनि तत्काल आ(आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयर्का सम्पर्कमा आउन आग्रह गरेका हुन् ।

कोभिड–१९ को दोस्रो लहरमा पुनः सञ्चालन भइरहेको पठनपाठन तथा परीक्षा स्थागित गर्नु परेको र संक्रमणका कारण कतिपय विद्यार्थी तथा शिक्षकले ज्यान गुमाउनु परेकोमा उनले शोकसमेत प्रकट गरेका छन् । यो सयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन समेत उनको आग्रह छ ।