मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार निर्माण हुने

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, १७ : ०८
मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार निर्माण हुने

नवलपुर । देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ ।केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको छ ।  मन्त्रीपरिषदको निर्णयबाट रुख कटानको अनुमति आएपछि फिल्डमा काम थालिएको छ । 

साना ठूला गरी १ हजार ३८ वटा रुखहरु काटिने बताईएको छ। चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण  गरेकै अष्ट्रेलियन कम्पनीले कन्स्ट्रक्सनको काम सुरु गर्ने छ ।  केवलकारको कुल लम्वाई १२ सय मिटर रहेको छ ।

६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने छन् ।५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस