कोरोना अपडेट : २४ घण्टामा थपिए ७ हजार ९१४ कोरोना संक्रमित, १ सय ९३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १६ : ४३
कोरोना अपडेट : २४ घण्टामा थपिए ७ हजार ९१४ कोरोना संक्रमित, १ सय ९३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २३ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्।