सर्वोच्चमा रिट दायर गर्न विपक्षी गठबन्धनबाट हस्ताक्षर संकलन सुरु

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १२ : ३३
सर्वोच्चमा रिट दायर गर्न विपक्षी गठबन्धनबाट हस्ताक्षर संकलन सुरु

काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनबाट हस्ताक्षर संकलन सुरु भएको छ । हस्ताक्षर संकलन पछि विघटित प्रतिनिधिसभाका सांसदहरु दिउँसो १ बजे नागरिकतासहित सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस