राष्ट्रपतिद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १८ : ५५
राष्ट्रपतिद्वारा शपथ  र कोभिड सम्बन्धी अध्यादेश जारी

 काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । बिहीबार साँझ राष्ट्रपतिले दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जानकारी दिए । 

शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।  

राष्ट्रपति भण्डारीले बिहीबार नै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ पनि जारी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस