काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्न पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।
कर्णाली प्रदेशअन्तर्गत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज शर्माले स्वास्थ्यकर्मीसहितको स्वयंसेवक टोली बनाएर वडावडामा परिचालन गर्न आग्रह गरे ।
पूर्वमन्त्री शर्माले भनेयो,“जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो । अरु सबै कुरा थाती राखेर कोभिड–१९ विरुद्ध पार्टीको सबै शक्ति लगाउनुस् । प्रदेशको नयाँ बजेट कोभिड–१९ नियन्त्रण हुने गरी जनहितमा केन्द्रित गर्न म प्रदेश सरकारलाई आग्रह गर्दछु ।”
उनले हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारीका साथ गरिएको निर्णय गलत भएको पनि बताए । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भए पनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उनको धारणा थियो ।
भर्चुअल बैठकमा प्रदेश संयोजक मायाप्रसाद शर्मासहित रुकुम(पश्चिम), जाजरकोट, जुम्ला, मुगु, हुम्ला र कालीकोटका अध्यक्ष क्रमशः गोपाल शर्मा, ढकवीर राना, वीरबहादुर कुँवर, सुकवीर बुढा, लालकेश जैसी र धनजीत शाही तथा डोल्पा, दैलेख, सुर्खेत र सल्यानका संयोजक क्रमशः मालबहादुर रोकाय, प्रेम कटुवाल, कृष्ण जिसी र कर्णबहादुर बुढाथोकीले जिल्लाको परिस्थितिबारे रिपोर्टि¬ङ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ जेठ २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा
कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छः जनार्दन शर्मा