काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ ।जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।
जसपा नेपालका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको छलफलका आधारमा त्यसलाई खारेज गर्ने सहमति भएको हो ।नेता महतोलाई गुटबन्दी तरिकाले पार्टीको विधान, प्रकृया मिचेर संसदीय दलको नेता बनाएको कारण त्यसलाई खारेज गरिएको बताउँदै उनले अब विधि र प्रकृयाबाट संसदीय दलको नेता चाँडै चयन हुने बताए ।
भक्तपुरको रिसोर्टमा भएको सांसदको छलफलले महतोलाई संसदीय नेतामा चयन गरेको थियो । उनी संसदीय दलको नेतामा चयन भएको कुरा पार्टीबाट आधिकारीक जानकारी नगराइ ठाकुरको आधिकारिक फेसबुकबाट गराइएको थियो ।
महतोलाई पार्टीका शीर्ष नेता तथा विभिन्न व्यक्तिहरुले बधाई पनि दिएका थिए । जसपा नेपालका अध्यक्ष यादव समूहले महतोलाई संसदीय दलको नेता बनाएकोमा आपत्ति जनाउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति
टीआरसीमा सहमति जुटाइएको मूल ४ विषय के-के छन् ? (पूर्णपाठ)
संक्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति
बागमतीमा कांग्रेस र एमालेबीच सहमतिः २०/२० महिना मुख्यमन्त्री हुने
११ दिनसम्म उभिएका नेत्र र सरकारबीच पाँचबुँदे सहमतिमा
लघुवित्तपीडितसँग सरकारको ६ बुँदे सहमति