राष्ट्रियसभाको उपनिर्वाचनमा खटिने कर्मचारीले पीपीई लगाउने

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १७ : ४२
राष्ट्रियसभाको उपनिर्वाचनमा खटिने कर्मचारीले पीपीई लगाउने

काठमाडौँ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा खटिने कर्मचारीले अनिवार्य रूपमा पीपीइ लगाउने भएका छन् ।आइतबार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयमसेवक,मतदान प्रतिनिधिहरू सबैले पीपीईको प्रयोग गर्नु पर्ने व्‍यवस्था गरेको छ ।

यसका साथै मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयमसेवक, पर्यवेक्षक, उम्‍मेदवार वा उम्‍मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थलमा वा केन्द्रमा रहँदा कम्तिमा २ मिटरको दूरी कायम गर्नु पर्ने र सबैले अनिवार्य रूपमा फेसशिल्ड, पञ्‍जा र मास्क लगाउनु पर्ने समेत आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै मतदान केन्द्र वा मतदान स्थलमा प्रवेश गर्नुअघि ७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट देखाइ साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्न आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस