ओली–नेपालबीचको वार्ता सकियो, १० सदस्यीय वार्ता टोली गठन (भिडियोसहित)

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १५ : २०
ओली–नेपालबीचको वार्ता सकियो, १० सदस्यीय वार्ता टोली गठन (भिडियोसहित)

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता भएको छ । 

एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । 

सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस