काठमाडौं । बेलायतमा लामो समयदेखि जारी लकडाउन खुल्न दुई दिन मात्र बाँकी रहंदा पछिल्लो समयमा निकै खतरनाक सावित भएको इन्डियन कोभिड भेरिएन्टका कारण ४ जनाको मृएयु भएको छ ।
यो निकै खतरनाक र तीव्र गतिमा फैलिने भएकोले आगामी जुन २१ बाट पूर्ण रुपमा खोल्न लागिएको लकडाउनलाई असर पर्न सक्ने भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले चेतावनी समेत दिएका छन् । खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुने हुने कुनै प्रमाण नदेखिएकाले यो निकै जटिल समस्या हुने उनले बताएका छन् ।
पछिल्लो २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६६८ पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार १९३ जनामा संक्रमण पुष्टि भएको छ । नयाँसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४६ हजार ८२४ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार ९८७ छ भने ४२ लाख ६० हजार ११९ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ जेठ २०७८, ०८ : ०२
लेखकबाट थप