बाँके । कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज वलीका अनुसार ५ जनाको भेरी अस्पतालमा, दुई जना नेपालगन्ज मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
खजुरा गाउँपालिका वडा नं १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख २८ गते भेरीमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टिपटि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।
कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।
सल्यान कुमाख गाउँपालिकाका वडा नं .१ की ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २५ गते भर्ना गरिएको थियो।
बर्दिया मधुवन नगरपालिका वडा नं. ६ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १५ गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि २७ गते अस्पताल भर्ना गरिएको थियो ।
बैजनाथ गाउँपालिका वडा नं .६ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो ।
खजुरा गाउँपालिका वडा नं. ३ की ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २३ गते भर्ना भएका उनको २५ गते संक्रमण पुष्टि भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं .५ की ६१ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि २५ गते अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १५ : ५२
लेखकबाट थप