कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १५ : ५२
कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु

बाँके । कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज वलीका अनुसार  ५ जनाको  भेरी अस्पतालमा, दुई जना नेपालगन्ज मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । 

खजुरा गाउँपालिका वडा नं १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख २८ गते भेरीमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टिपटि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।

सल्यान कुमाख गाउँपालिकाका वडा नं .१ की ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २५ गते भर्ना गरिएको थियो।

बर्दिया मधुवन नगरपालिका वडा नं. ६ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १५ गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि २७ गते अस्पताल भर्ना गरिएको थियो ।

बैजनाथ गाउँपालिका वडा नं .६ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो ।

खजुरा गाउँपालिका वडा नं. ३ की ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २३ गते भर्ना भएका उनको २५ गते संक्रमण पुष्टि भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं .५ की ६१ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि २५ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस