अध्यागमन विभागको सेवा अब तीन बजेसम्म मात्र संचालन हुने

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १५ : ४९
अध्यागमन विभागको सेवा अब तीन बजेसम्म मात्र संचालन हुने

काठमाडौं ।अध्यागमन विभागको सेवा अब दिउँसो तीन बजेसम्म मात्र संचालन हुने भएको छ । विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका बीच सेवा प्रवाहको समय तय गरेको जनाएको छ ।

अब विभाग आइतबारबाट बिहीबार १० बजेबाट ३ बजेसम्म मात्र खुल्नेछ । शुक्रबार भने १० बजेबाट २ बजेसम्म मात्र कार्यालय खुल्ने गरि समय तोकिएको छ ।

विभागको सेवा भने निरन्तर जारी रहेको समेत जनाइएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस