हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १४ : २८
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । दुई ठूला वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार शुक्रबारदेखि रोक्का भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । 

हिमालय बैंक र इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने –मर्जरमा जाने भएपछि बैंकहरुले कारोबार रोक्नका लागि पठाएको पत्र अनुसार दुबै बैंकको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । ‘मिति २०७८ /१/३० को पत्र अनुसार हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको व्यहोरा अवगत भयो ।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने÷गाभिने मर्जर तथा प्राप्ति एक्विजिशन सम्बन्धी विनियमावली, २०७३ को विनियम ६९१० बमोजिम हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार मिति २०७८/०१/३१ गतेबाट रोक्का राखिएको व्यहोरा निर्णयानुसार अनुरोध गरिन्छ’ नेप्सेद्वारा जारी सूचनामा भनिएको छ ।  त्यसो त गत बिहीबार मात्र यी दुई बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस