स्पानिस ला लिगामा रियल मड्रिड उपाधि होडमै

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १३ : ०८
स्पानिस ला लिगामा रियल मड्रिड उपाधि होडमै

काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले ग्रानडालाई ४-१ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । यस जितपछि रियलले छिमेकी एट्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ । ला लिगामा अब दुई चरणको खेल बाँकी छ ।

बिहीबार राति भएको खेलमा ग्रानडाको मैदानमा रियललाई जिताउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जामाले गोल गरे । ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

जितपछि ३६ खेलबाट ७८ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लिएको हो । समान खेलबाट एट्लेटिकोको ८० अंक छ । ७६ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । ग्रानडा ४५ अंकसहित दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस