नुवाकोटमा माछामार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १२ : १०
नुवाकोटमा माछामार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

सांकेतिक तस्वीर

नुवाकोट । नुवाकोटमा माछामार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।  प्रहरीका अनुसार उनीसँग माछा मार्न गएका अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस