सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू, सभामुख सापकोटाले लगाए खोप

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, ११ : ५५
सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन शुरू, सभामुख सापकोटाले लगाए खोप

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाएका हुन् ।

संसद सचिवालयले नयाँवानेश्वर स्थिति संघीय संसद भवनको लोत्से हलमा आज शुक्रबार, सनिबार र आईतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाईएको छ ।

लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाईने सचिवालयले जनाएको छ ।

त्यसैगरी भोली सनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षा संग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप को दोश्रो डोज लगाईने छ ।
 

प्रतिक्रिया दिनुहोस