काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ । मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले बिक्री केन्द्रहरू बन्द गराउन थालेका छन् ।
मल बिक्री केन्द्रहरू बन्द हुन थालेपछि ठाउँठाउँमा किसानलाई मलको हाहाकार हुन थालेको छ । कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार बाहिरबाट आउने रासायनिक मलको प्रवेश बिन्दुका रूपमा रहेको नवलपरासी बन्द भइसकेको छ ।
हेटौँडाको बिक्री केन्द्र शुक्रबारदेखि बन्द गरिने र एकरदुई दिनमा विराटनगर, भैरहवा र वीरगञ्जको मुख्य बिक्री केन्द्र पनि बन्द हुने उनले बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३१ बैशाख २०७८, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
रासायनिक मलको कालोबजारी बढ्यो
मलको अभाव हुँदा खेती गर्न समस्या
साढे २५ अर्बको रासायनिक मल आयात
रासायनिक मलका लागि कतारसँग जीटुजी सम्झौतामा जोड
रासायनिक मल काठमाडौँ ढुवानी