महन्थ ठाकुरको जवाफले नयाँ सरकार गठन गर्ने देउवाको सपना चकनाचुर

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, ०७ : ४९
महन्थ ठाकुरको जवाफले नयाँ सरकार गठन गर्ने देउवाको सपना चकनाचुर

काठमाडौं । बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी सरकार गठनका लागि सहयोग गर्न नसक्ने बताए ।

 आफूहरूको सहर्थनबिना प्रधानमन्त्री दाबी गर्न नजान सुझाउँदै उनीहरूले अर्का अध्यक्ष यादव पक्षलाई मात्र साथ लिएर राष्ट्रपतिकोमा गए त्यसलाई अस्वीकार गर्न पत्र पठाइसकेको जानकारी गराएका थिए ।

ठाकुर र महतोसँगको भेटपछि देउवाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको निकटकालाई बताएका थिए। त्यसलगतै पार्टी पदाधिकारी बैठक बोलाएका देउवाले ठाकुरसहितका नेताहरू वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराएका थिए।

ओली नेतृत्वको सरकारले आफ्नो पार्टीका माग पूरा गरिरहेको भन्दै ठाकुरले वैकल्पिक सरकार गठनमा सहयोग गर्न नसकिने बताएको देउवाले बैठकलाई जानकारी गराएका थिए। त्यसअघि कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष दाहालसँग पनि छलफल गरेका थिए। 

त्यसलगत्तै बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वैकल्पिक सरकार गठनका लागि बहुमत जुट्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस