मकवानपुर । जिल्लामा आगामी जेठ १३ गनेसम्म निषेधाज्ञा गरिने भएको छ ।प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यस अघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उनले कोरोना सङ्क्रमण दर तथा मृत्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० बैशाख २०७८, १८ : ०४
लेखकबाट थप