देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १६ : ०७
देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ । 

वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका बेला प्रचण्ड देउवाबीच बूढानीलकण्ठमा भेटवार्ता भएको थियो । संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् । सो समयअगावै देउवा र प्रचण्डले बहुमत सांसदको हस्ताक्षर लिएर शितल निवास जाने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस