देउवा र प्रचण्डबीच भेटवार्ता, नयाँ सरकार बनाउन छलफल

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १५ : १२
देउवा र प्रचण्डबीच भेटवार्ता, नयाँ सरकार बनाउन छलफल

काठमाडौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा नजिक आइरहेको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  

अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् । यतिबेला दुबै नेताबीच भेटवार्ता चलिरहेको छ । नयाँ सरकार गठनको विषयमा कुराकानी भएको स्रोतको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस