कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड–१९ नियन्त्रण र प्रतिकार्यका लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिका बारेमा चासो व्यक्त गरेका छन् ।
प्रदेश प्रमुखसँग प्रदेश प्रमुखको कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पताल तथा स्थानीय तहसँग सहकार्य गरी महामारी फैलिन नदिने गरी प्रयास गरिरहेको बताए ।
प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् रु ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको उनको भनाइ थियो ।
त्यस क्रममा प्रदेश प्रमुख कलौनीले कोभिड–१९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै परीक्षण दर बढाउन र संक्रमितलाई उपचार गरी जीवन बचाउने विषयमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्र परिचालन गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ बैशाख २०७८, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने
विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
अब जन्मनासाथ बालबालिकाको यी ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण
युक्रेनी क्षेत्रमा रुसले शुरु गर्यो आणविक हतियारको परीक्षण