कोरोनाबाट २ सय २५ जनाको मृत्यु, हालसम्मकै उच्च

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १७ : ५६
कोरोनाबाट  २ सय २५ जनाको मृत्यु, हालसम्मकै उच्च

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । 

। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २ सय २५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस