काठमाडौं । नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेका छन् ।
गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गरेका हुन् । उनले माधव नेपाल र झलना खनालले एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने समेत बताएका छन् ।
गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेका छन् । ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भनेका छन्, ‘त्यसो भए म तपाईको साथमा छैन ।’
माधव नेपालहरूका सन्दर्भमा गौतमले भनेका छन्, ‘वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’
प्रतिनिधिसभामा गौतम पक्षका एकजना सांसद गौतम पत्नी तुलसा थापा छन् भने राष्ट्रियसभामा गौतम आफूमात्र छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
वामदेवले फर्काए ओलीलाई जवाफ
शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने संकल्प गरौं : वामदेव गौतम
देश विकासका लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम