काठमाडौं । स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ ।
चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान् नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ । पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दावी गर्दै उहाँले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरूचाइने गरेको उल्लेख छ ।
जिुलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेका बताउनुभयो ।
रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरु मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् तर चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ बैशाख २०७८, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थीको मृत्युपछि चिनियाँ सहरमा भड्कियो हिंसा
नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
नेपाली युवा छनौट गर्दै चिनियाँ दूतावास
ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत
नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ