राष्ट्रियसभा उपचुनावको लागि नेमकिपाको पनि उम्मेदवारी

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १३ : ५४
राष्ट्रियसभा उपचुनावको लागि नेमकिपाको पनि उम्मेदवारी

काठमाडौं । जेठ ६ गते तय भएको वागमती प्रदेशतर्फको राष्ट्रियसभा उपचुनावको लागि नेपाल मजदुर किसान पार्टी नेमकिपाले पनि उम्मेदवारी दर्ता गराएको छ ।

काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका हुन् । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु बसेका छन् ।

एमालेबाट गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा ‘बादल’ को उम्मेदवारी परेको छ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।


 

प्रतिक्रिया दिनुहोस