राष्ट्रिय सभा उपनिर्वाचन देखि माधव नेपाल पक्षका नेताहरु माथिको कारवाही फुकुवा गर्न एमाले स्थायी कमिटिको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १० : ३८
राष्ट्रिय सभा उपनिर्वाचन देखि माधव नेपाल पक्षका नेताहरु माथिको कारवाही फुकुवा गर्न एमाले स्थायी कमिटिको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ । स्थायी कमिटी बैठक अहिले बालुवाटारमा बस्न थालेको एक नेताले बताए ।

स्थायी कमिटि बैठक बस्ने निर्णय भने केही बेर अघि बालुवाटारमा बसेको प्रधानमन्त्री ओली सहितको नेताहरुको छलफलले निर्णय गरेको बताईएको छ ।

बैठकमा वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस