विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि लागु हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो ।
जिल्लामा सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए । मोरङसँग सीमा जोडिएका झापा र सुनसरीले यसअघि नै निषेधाज्ञा जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, १७ : ३८
लेखकबाट थप