एमाले वागमती प्रदेशको संसदीय बोर्ड गठन

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १६ : २८
एमाले वागमती प्रदेशको संसदीय बोर्ड गठन

हेटौंडा । नेकपा एमाले वागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा दलको विधान २०७७ को दफा १७ बमोजिम १५ सदस्यीय बोर्ड गठन गरिएको हो ।

बोर्ड सदस्यमा प्रमुख सचेतक दीपक निरौला पदेन, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशीजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायणबहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल छन् । दलको सचेतक र उपनेता पदेन सदस्य रहने व्यवस्था छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने बताइएको छ ।

 


 

प्रतिक्रिया दिनुहोस