१ सेटको रेमडिसिभिरलाई १ लाख २० हजार रुपैयाँमा बेच्दै गर्दा पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १५ : ३३
१ सेटको रेमडिसिभिरलाई १ लाख २० हजार रुपैयाँमा बेच्दै गर्दा पक्राउ

काठमाडौँ । कोरोनाको उपचारमा प्रयोग हुने औषधी रेमडिसिभिरलाई १ लाख २० हजार रुपैयाँमा बेच्दै गर्दा एक जना पक्राउ परेका छन् । 

गोर्खा घर भएका रसिक मियाँलाई १ सेटको १ लाख २० हजार रुपैयाँमा बेच्दै गर्दा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।सरकारले औषधीको मूल्य ५१ सय देखि ६ हजारसम्म तोके पनि कालोबजारी भइरहेको सूचना आउन थालेपछि प्रहरीले मियाँलाई पक्राउ गरेको हो । 

त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका संचालक दस्पक ढकालले  औषधी बेच्न लगाएको मियाले आरोप लगाएका छन् । सरकारले सो औषधि हालै बंगलादेशबाट ल्याएको थियो । 
 

प्रतिक्रिया दिनुहोस