राष्ट्रपति भण्डारीद्वारा थप एक अध्यादेश जारी

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १५ : ०५
राष्ट्रपति भण्डारीद्वारा थप एक अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप एक अध्यादेश जारी गरेकी छन् । आज उनले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

यसअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ जटा अध्यादेश जारी गरेकी थिइन् । यस्तै राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधनसहितका ७ अध्यादेश जारी गरेकी थिइन् ।


 

प्रतिक्रिया दिनुहोस