बंगलादेशबाट ल्याइएको रेमडिसिभिर औषधि कुन अस्पतालले कति पाए ? (हेर्नुहोस् सुचीसहित)

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १४ : ००
बंगलादेशबाट ल्याइएको रेमडिसिभिर औषधि कुन अस्पतालले कति पाए ? (हेर्नुहोस् सुचीसहित)

काठमाडौं । कोरोनाको गम्भीर खालका बिरामीको उपचारका लागि प्रयोग गरिने रेमडिसिभिर औषधि काठमाडौँ आएपछि अस्पतालहरुलाई वितरण गरिएको छ ।  तीन हजार भाइल काठमाडौं भित्रिएको र त्यो नेपालमा ५० वटा अस्पतालमा वितरण भएको छ ।  

हाम्रो मेडी कन्सर्न प्रालिले बेक्सिम्को फर्मास्युटिकल्स बंगलादेशबाट उत्पादित तीन हजार भाइल रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ। 

कोभिडको सबै खालका बिरामीका लागि रेमडिसिभिर आवश्यक पर्दैन । औषधि अधिकांश काठमाडौंकेन्द्रित अस्पतालमा वितरण गरिएको छ। रेमडिसिभिर औषधि आगामी दिनमा तोकिएका सबै कोभिड अस्पतालहरुमा क्रमशः  उपलब्ध गराउँदै जाने विभागले जनाएको छ। 

कसले कति पाए रेमडिसिभिर ?

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज १३५, 
नेपाल पुलिस हस्पिटल १०८, 
ग्रान्डी अस्पताल ५४, 
चिरायु नेशलन हस्पिटल ५४, 
केडिसी २७, 
भक्तपुर अस्पताल २७, 
मध्यपुर अस्पताल १२, 
ह्याम्स अस्पताल १०८,
बी एण्ड बी ५४, 
नर्भिक अस्पताल ५४ 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल १०८, 
काठमाडौं मेडिकल कलेज ५४, 
हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल २७, 
ओम अस्पताल ५४, 
निदान अस्पताल ५४, 
मेडिकेयर अस्पताल ५४, 
बयोधा अस्पताल १२, 
ग्रिनसिटी अस्पताल ५४, 
खांग्री अस्पताल १२, 
मनमोहन मेमोरियल अस्पताल २४, 
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र १२ 
नेपाल आर्मी हस्पिटल ५४, 
नेपाल शसस्त्र प्रहरी अस्पताल ५४, 
सुमेरु सिटी हस्पिटल १८, 
मेडिप्लस १२, 
कोरियन मैत्री हस्पिटल १२, 
शिर मेमोरियल १२, 
वीर अस्पताल ५४, 
मेडिसिटी हस्पिटल १०८, 
नेपाल मेडिकल कलेज १२, 
पाटन हस्पिटल ५४, 
स्टार हस्पिटल १२, 
मेघा हस्पिटल २७, 
सिभिल सर्भिस हस्पिटल १०८, 
नेपाल नेशनल हस्पिटल ५४, 
नारायनी उपक्षेत्रीय हस्पिटलले ५४ 
भरतपुर अस्तपाल १८, 
फिस्टेल हस्पिटल पोखरा २७, 
कीर्तिपुर हस्पिटल २७, 
दीर्घायु गुरु हस्पिटल २७, 
काठमाडौं मोडेल हस्पिटल २७, 
लुम्बिनी प्रादेशिक अस्पताल १०८, 
युसिएमएस ५४, 
राप्ती उपक्षेत्रीय अस्पताल ५४, 
नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, 
स्वास्थ्य सेवा विभाग १०८, 
सिविक हस्पिटल २७, 
शहीद मेमोरियल हस्पिटल २७, 
विपी स्मृति हस्पिटलले २७ 
र नेपाल भारतमैत्री हस्पिटललाई २७ भाइल औषधि पाएको छ ।  २०० भाइल सिधै बिरामीलाई उपलब्ध गराइएको छ । 

 

प्रतिक्रिया दिनुहोस