समर्थन फिर्ता लिएपछि यस्तो आयो माओवादीको प्रतिक्रिया

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १३ : ०६
समर्थन फिर्ता लिएपछि यस्तो आयो माओवादीको प्रतिक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्गन फिर्ताको पत्रलाई माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बुधबार बुझाएका हुन् । 

पत्र बुझाएपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीका एकपछि अर्क संविधान प्रतिकुलका कदमहरुले राष्ट्रियता, लोकतन्त्र, जनजीवीका लगायतका मुद्दामा गम्भीर खतरा पैदा भएर अन्ततः राष्ट्रिय स्वाधिनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले समर्थन फिर्ता लिएको बताए । 

उनले भने, ‘प्रधानमन्त्रीले असंबैधानिक कामकारवाही धेरै गर्दै जानुभयो । लोकतात्रिक मूल्यमान्यताको उलंघन गर्नुभयो । संसद भंग गर्नुभयो । सर्वोच्च अदालतले असंबैधानिक भनेर ठहर गर्दा पनि उहाँले राजीनामा गर्नुभएको छैन । फागुन २३ गते सर्वोच्च अदालतले दल विभाजन गरिदियो । त्यसपछि ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने त्यो पनि लिनुभएन ।

सबै हिसाबले गर्दा संबैधानिक परिषद्का अध्यादेशहरु जारी गर्ने र अध्यादेश मापर्ःत सरकार संञ्चालन गर्न खोज्ने, सदनलाई निस्कृय बनाउँदै लैजाने प्रकारको रवैयाको साथै नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिने भन्ने नाममा एउटा एजेण्डाका लागि अधिवेशन डाकीएको छ । संविधानमा सरकारले विशेष अधिवेशन डाक्ने व्यवस्था छैन ।

यसरी प्रधानमन्त्रीले चालेका संविधान प्रतिकूलका कदमहरुको कारण ्र राष्ट्रियता, लोकतन्त्र, जनजीवीका लगायतका मुद्दामा गम्भीर खतरा पैदा भएर अन्ततः राष्ट्रिय स्वाधिनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले आजका मितिबाट लागुहुने गरी समर्थन फिर्ता गरेका हौँ ।’
 

प्रतिक्रिया दिनुहोस