काठमाडौं । बंगलादेशबाट कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज काठमाडौं आइपुगेको छ ।
विभागका प्रवक्ता सन्तोष केसीका अनुसार आजैदेखि उक्त औषधी विभिन्न अस्पतालमा वितरण गर्न सुरु गरिने छ । यसको थप डोज भोलि नेपाल आइपुग्ने उनले बताए ।
कोभिड संक्रमित बढ्दै गएको र उक्त औषधीको माग पनि वृद्धि हुन थालेपछि नेपाल ल्याइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ बैशाख २०७८, १४ : ५७
लेखकबाट थप