काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् बैठक जारी रहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका छन् । श्रोतका अनुसार ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहेकै अवस्थामा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।
यहि वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली रहेको श्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय