काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार साँझ ५:३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
एक मन्त्रीका अनुसार यो बैठक नियमित भए पनि प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटपछि बस्न लागेको हुँदा विशेष निर्णय हुनसक्ने अनुमान गरिएको छ।
मन्त्रिपरिषद् बैठकअघि तीन प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरवारमा दिउँसो ४ बजे भेटवार्ता तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सो भेटमा संक्रमणकालीन न्यायलगायतका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक