काठमाडौं १४ मंसिर । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय पाँच सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले जसरी पनि वाम गठबन्धनले एक सयदेखि १०५ सिट जित्ने दावी गरे ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले पहिलो चरणका ३७ क्षेत्र मध्ये ३२ वटा क्षेत्रमा वाम गठबन्धनल जित्ने दावी गरे । ”प्रत्यक्ष तर्फका १६५ मध्ये एक सयदेखि १०५ सीटसम्म जित्छौ,’ उनले भने,-"पहिलो चरणमा चुनाव भएका ३७ मध्ये ३२ सीटमा जित्छौं ।”
महासचिव पोख्रेलले काठमाडौंका सबै क्षेत्र जित्ने दावी समेत गरेका छन । यस्तै सोही अन्तरक्रिया कार्यक्रममा पोख्रेलले सुरक्षा सम्बन्धी सरकार गैरजिम्मेवार रहेको भन्दै शंका व्यक्त गरेका छन ।
उम्मेदवारहरुलाई लक्षित गरी बम पड्किरहेको बेला गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमै विस्फोटक बस्तुहरु भेटिएको भन्दै उनले शंका व्यक्त गरे । ”विप्लवले बम विष्फोट गरेको भए जिम्मा लिनु पर्ने हो,’ उनले भने,’सरकार गम्भीर छैन, गुल्मीका कांग्रेस कार्यकर्ताको घरमा विष्फोटक बस्तु भेटिएको छ, त्यो किन राखिएको हो ?”
प्रतिक्रिया दिनुहोस